PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भारतमा उपचाररत् वीरगंजका एक उद्योगीलाई कोरोना संक्रमणको आशंका, परिवारका सबै सेल्फ क्वारेन्टाइनमा



राधेश्याम पटेल

भारतमा उपचाररत् वीरगंजका एक उद्योगीलाई कोरोना संक्रमणको आशंका, परिवारका सबै सेल्फ क्वारेन्टाइनमा

वीरगंजः भारतमा उपचाररत वीरगंजका एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको आशंकापछि उनको परिवारका सदस्यहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन्।  

हाल बिहारको राजधानी पटनास्थित पिएमसिएच अस्पतालमा उपचाररत् रुंगटा कोलकातास्थित आफन्तको विवाहमा सहभागी भएर मार्च ४ तारिख वीरगंज फर्किएका थिए। मार्च १४ देखि उनलाई हाइ ग्रेड ज्वरो आएपछि १७ तारिखमा पटना लगिएको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले भने ५२ वर्षीय शिवकुमार रुंगटामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको बताएका थिए।

कोलकातामा भएको विवाह समारोहमा नेपाल, भारत एवं अन्य देशका मानिस पनि सहभागी थिए।

अपडेट : कोरोना आशंका मात्रै, रिपोर्टमा नेगेटिभ

५२ वर्षीय रुंगटाको आज भएको कोभिड १९ परीक्षणले उनमा त्यसको कुनै असर नदेखिएको पुष्टि गरेको छ। उनको टेस्ट नेगेटिभ देखिएकाले शंका निवारण भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell