PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

भारत र चीनसँगका नाका एक साताका लागि बन्द



पहिलोपोस्ट

भारत र चीनसँगका नाका एक साताका लागि बन्द
तस्विर : राजन काफ्ले

काठमाडौं : सरकारले सोमबारदेखि एक साताका लागि चीन र भारतसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सोमबार बिहानदेखि नाका बन्द गर्ने निर्णय गरेको हो। 

कोरोना भाइरस (कोभिड १९) विश्वभर फैलिएको अवस्थामा सीमा नाकाबाट नेपाल आउने मानिसहरुको संख्या उच्च भएसँगै सरकारले दुवै छिमेकी देशसँगको सीमा नाकामार्फत् आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीले उपयोग गर्ने सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर लगायत सामग्री किन्‍न केन्द्रीय कोष खडा गर्ने समते निर्णय गरेको छ। कोषका लागि सबै मन्त्रीले आ-आफ्नो एक महिनाको तलब दिनेछन्।

सरकारले यसअघि नै आज राति १२ बजेबाट सम्पूर्ण अन्तराष्ट्रीय उडान बन्द गर्ने निर्णय गरिसकेको छ। भोली बिहानदेखि नै लामोदुरीका सार्वजनिक सवारी बन्द गर्ने निर्णय भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell