PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

सरकारी कार्यालय बन्द नहुने, कर्मचारी नियमित काममा जानुपर्ने



पहिलोपोस्ट

सरकारी कार्यालय बन्द नहुने, कर्मचारी नियमित काममा जानुपर्ने

काठमाडौँः सरकारले सार्वजनिक र सरकारी क्षेत्रका कर्मचारी नियमित रुपमा काममा जानुपर्ने निर्णय गरेको छ। कर्मचारीमा कार्यालयमा हाजिर हुनुपर्ने वा नपर्नेमा अन्योलन भएको भन्दै थप निर्णय गरेको हो। 

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। 

कर्मचारीबीच अन्योलता रहेको भन्दै निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सेवा बन्द हुने वा नहुनेमा अन्योल परेको थियो। कतिपय स्थानीय तहले भने स्वयम् निर्णय गरेर सेवा प्रवाह बन्द गरेका थिए। 

सरकारले सरकारी कार्यालय नियमित हुने प्रस्ट्याएको हो। आज बसेको मन्त्रिपरिषद बैठकका विषयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा मन्त्री युवराज खतिवडाले सरकारी कार्यालय नियमित संचालन हुने जनाए।

'यहाँ केही प्रस्ट्याउनुपर्ने देखिएको छ,' उनले भने, 'सार्वजनिक क्षेत्रका कर्मचारी नियमित रुपमा आउनुपर्ने छ।'

सीमा नाकामा चैत १६ गतेसम्म मानिसको आवतजावत निषेध गरिएको उनले ब्रिफिङ गरे। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारको नियमित अनुगमन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। यसरी अनुगमन गरी आवश्यकता अनुसार आयात गर्ने विषयहरुको पहिचान गर्ने समेत उनले जानकारी दिए।

भण्डारणको अवस्थाको अनुमगन तथा आपूर्तिमा अवरोध गर्ने र कालोबजारी गर्न खोज्नेलाई थप कडा कारवाही गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारीदिए।

प्रधामन्त्रीको सम्बोधनलाई आधार मानेर कार्यतालिका बनाइएको र त्यसलाई आजको बैठकले अनुमोदन गरेको समेत उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell