PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

फेकोफनका १४ सय भवन क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने



रासस

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहका भवनमध्ये एक हजार ३९८ भवन क्वरेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको छ।

फेकोफनका अध्यक्ष भारती पाठकले सातै प्रदेशमा रहेका उक्त भवन तीनै तहका सरकारले फेकोफन र सम्बन्धित सामुदायिक उपभोक्ता समूहहरुसँग समन्वय गरी क्वरेन्टाइनका लागि प्रयोग गर्न सक्ने जानकारी गराइन्। देशभर कुल २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूह छन्।

फेकोफनले सातै प्रदेशमा रहेका सामुदायिक वन उपभोक्ता समूहका भवन मध्ये प्रदेश नं. १ मा १२४, प्रदेश नं. २ मा ५५, वाग्मती प्रदेशमा २६८, गण्डकी प्रदेशमा २१६, प्रदेश नं. ५ मा ३११, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा रहेका ३४० गरी एक हजार ३९८ भवन क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने जनाएको छ। साथै सङ्घीय महासङ्घको एक, प्रदेश महासङ्घको दुई र जिल्ला महासङ्घको १० गरी थप १३ भवन पनि क्वरेन्टाइनका लागि प्रयोग गर्न सकिने अध्यक्ष पाठकले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell