PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

आजदेखि भारतसँगका नाका बन्द तर सामान आयात यथावत, मानिस चाहिँ रोकिँदै



पहिलोपोस्ट

आजदेखि भारतसँगका नाका बन्द तर सामान आयात यथावत, मानिस चाहिँ रोकिँदै

काठमाडौं : हिजो बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आज बिहान १० बजेपछि भारतसँगको नाका बन्द गरिँदैछ। खुला सीमा भएकाले नाका बन्द कति प्रभावकारी हुन्छ भन्न सकिन्न तर सरकारले सुरक्षा निकायलाई परिचालन गर्ने जनाइसकेको छ।

सरकारले भारतसँगको सीमा नाका बन्द गर्ने भए पनि मालसामानको आवागमन भने यथावत हुने जनाएको छ। मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि एक साताका लागि भारतीय र चिनियाँ नाका बन्द गर्ने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत र चीन दुवैतर्फका नाकाबाट सोमबार बिहान १० बजेबाट सात दिनका लागि मानिसको आवागमन बन्द गर्ने निर्णय गरेको जनाउँदै मालसामानको हकमा भने यो लागू नहुने स्पष्ट पारेको छ।

‘ती नाकाबाट मालसामानको आवागमन नै रहने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्ता सामान रोकिँदा अत्यावश्यक वस्तुको आपूर्ति नै प्रभावित हुने र जनजीवन नराम्ररी संकटमा धकेलिने हुँदा रोक नलगाइने भएको हो। मालसामान बोकेर आएका सवारी साधनको चालकको स्वास्थ्य परीक्षण भने हुनेछ।

नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थ समेत निर्वाध रुपमा आउनेछ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थको कारोबार निरन्तर रहने जानकारी दिए।

‘सीमाहरु तत्काल बन्द गरिने निर्णय मानिसको आवागमनमा मात्रै रोक लगाइएको हो। तर अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थका लागि होइन,’ उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘त्यसैले निगमका आआफ्ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानीय प्रशासन र भन्सार प्रशासनसँग समन्वय गरेर पेट्रोलियम पदार्थको ढुवानी गराउनु हुन जानकारी गराइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell