
काठमाडौं : कोरोना भाइरसको संक्रमणले अहिलेसम्म विश्वमा १२ हजार ९ सय ४४ जनाको ज्यान लिइसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार १ सय ८७ मुलुकमा २ लाख ९४ हजार १ सय १० मानिस यसबाट संक्रमित भएका छन्।
संक्रमण फैलिन र यस रोगबाट बच्न सबैभन्दा अचुक उपाय भनेको सेल्फ आइसोलेसन नै हो। घर बाहिर ननिस्किनु र संक्रमितबाट टाढा रहनु नै यसबाट बच्ने मुख्य आधार हो। विश्व स्वास्थ्य संगठनले हात धुने, हाछ्युँ र खोक्दा मुख ढाक्ने, जहाँपायो त्यही नथुक्ने, नछुने सुझाव दिएको छ। यदि रुघाखोकी र ज्वरो छ भने सेल्फ आइसोलेसनमा रहने। ठीक नभएको अवस्थामा चिकित्सकसँग सम्पर्क गर्न भनेको छ।