PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

जर्मन चान्सलर मर्केललाई क्वारेन्टाइनमा राखियो



पहिलोपोस्ट

जर्मन चान्सलर मर्केललाई क्वारेन्टाइनमा राखियो
PHOTO : reuters

काठमाडौं: विश्वभर कोरोनाको प्रकोप बढिरहेका बेला जर्मनीमा चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरस संक्रमित एक चिकित्सकसँग भेट गरेको पत्ता लागेपछि मर्केललाई आइतबारदेखि घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको उनका प्रवक्ता स्टिफेन सेबर्टले जानकारी दिएका छन्। उनका अनुसार क्वारेन्टाइनमा मर्केलको निरन्तर परीक्षण गरिने सीएनएनले जनाएको छ।

प्रवक्ता सेबर्टले चान्सलर मर्केलले घरबाटै सबै काम गर्ने पनि बताए।

जर्मनीमा सरकारले आइतबारबाट दुई भन्दा बढी मानिस भेट्न प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध घर तथा बाहिर दुबैतिर दुई हप्ताका लागि लागु हुनेछ। त्यसैगरी २ मिटरको दुरी राख्न पनि आह्वान गरिएको छ। रेस्टुरेन्ट, सैलून र ट्याटू पसलहरू पनि बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell