
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले स्थापना गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन्।
आइतबार साझ मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक उपचार तथा उपकरणको व्यवस्था गर्ने भन्दै ५० करोडको कोष स्थापना गरेको थियो। कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिएका बेला सांसद थापाले सांसदहरुको एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका हुन्।
उनले कोषमा सक्दो सहयोग गर्न ट्वीटरमार्फत आम नागरिकमा आह्वान समेत गरेका छन्। साथै सरकारले यो विपदमा एक जना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिनेगरी काम गर्नुपर्ने उनको भनाई छ।
सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
— Gagan Thapa (@thapagk) March 23, 2020
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।