PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

प्रहरी नै लुटपाटमा संलग्नः दरबारमार्गको प्रहरी टोली मकवानपुरमा समातियो



पहिलोपोस्ट

प्रहरी नै लुटपाटमा संलग्नः दरबारमार्गको प्रहरी टोली मकवानपुरमा समातियो

काठमाडौः मकवानपुर प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा आफूलाई पत्रकार बताउने एक जना र तीन प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेलको नेतृत्वमा लुटपाटको योजना बनाएर मकवानपुर पुगेको ४ जनाको समूहलाई आइतबार राती पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा असई बसेलसहित प्रहरी जवानहरु हेमाकान्त पुनमगर र वीरबहादुर बस्नेत रहेका छन्। त्यस्तै आफूलाई पत्रकार रुपमा चिनाउने सुजन आचार्य पनि नियन्त्रणमा छन्। 'डियुटी अफ भएको टाइममा गएर घटना गराउने योजना भएको देखियो। हामी कडाभन्दा कडा कारबाही गर्छौं', महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

उनीहरु हिरा किन्ने भन्दै मकवानपुर पुगेका थिए। पक्राउ परेका प्रहरीहरु घुमुवा टोलीमा थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell