PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

विप्लवका दाई सहित ललितपुरबाट ६ जना पक्राउ



पहिलोपोस्ट

विप्लवका दाई सहित ललितपुरबाट ६ जना पक्राउ

काठमाडौः नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा विप्लवका दाई सहित ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको हो।

विप्लवका दाई जयन्द्रबहादुर चन्द, विनोद चन्द, प्रेम केसी, कमल सुनवार, अनिल मगर र कृष्ण मगरलाई नियन्त्रणमा लिइएको हो।' चन्दा असुली लगायत अन्य गतिविधिमा लागेकाले नियन्त्रणमा लिएका हौं।' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

सरकारले २०७५ फागुन २८ गते देखि नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिविधि माथि प्रतिवन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell