PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

काठमाडौंमा एक जनामा देखियो कोरोना भाइरसको संक्रमण



पहिलोपोस्ट

काठमाडौंमा एक जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौः काठमाडौंमा एक जनामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमण देखिएको छ।

सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो। फ्रान्सबाट चैत ४ गते मंगलवार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनी होम क्वारेन्टाइनमा थिइन्।

हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो।

यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell