PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

सार्वजनिक सवारी बन्द गर्ने व्यवसायीको निर्णय, सरकारले नभनुन्जेल चल्छ साझा



पहिलोपोस्ट

सार्वजनिक सवारी बन्द गर्ने व्यवसायीको निर्णय, सरकारले नभनुन्जेल चल्छ साझा

 

काठमाडौं : उपत्यका सुनसान बनेपछि यातायात व्यवसायीले सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णयमा पुगेका छन्।

सरकारले सोमवारदेखि लामा दुरीको सार्वजनिक सवारीसाधनमा रोक लगाएका कारण आइतवार राति १२ बजेसम्म लाखौले उपत्यका छाडिसकेका छन्।

कोरोनाको संक्रमण फैलने जोखिमलाई मध्यनजगर गर्दै सरकारले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन भनेपछि उपत्यका सुनसान बनेको छ।

तेल खर्च उठाउनै नसक्ने भएपछि व्यवसायीहरु उपत्यकाको सार्वजनिक सवारी साधन संचालन बन्द गर्ने भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ भेट्न पुगेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोनाको संक्रमण फैलनबाट रोक्न उपत्यकाको सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाउने महासंघले धारणा बनाएको बताए।

उनका अनुसार बस संचालन भएपछि भिडभाड हुन्छ जसले कोरोना संक्रमण फैलाउन सक्दछ।

'हामी मन्त्री ज्यूसँग छलफलमा छौं। उपत्यकाको सार्वजनिक सवारीसाधन रोक्नुपर्छ भन्नेमा छौ,' उनले भने।

सरकारले उपत्यका भित्रने र बाहिरिने, लामा दुरीका सवारीसाधन, एक शहरबाट अर्को शहर, एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारीसाधन संचालनमा रोक लगाएपछि थप सुनसान बनेको हो।

'अधिकांशले उपत्यका छाडिसके यहाँ रहेका बाहिर निस्किँदैनन्,' सिटौलाले भने, 'हामी सबै खालका सवारीसाधन संचालनमा रोक लगाउनुपर्छ भन्नेमा छौं।'

उनका अनुसार यातायात मन्त्रीसँगको छलफल पछि निर्णय हुनेछ।

साझाको बस सरकारले रोक नलगाएसम्म चल्ने

सरकारी स्वामित्व रहेको साझा यातायातले भने सरकारले रोक नलगाएसम्म बस चलाउने भएको छ।

'हाम्रा सबै बसहरु उपत्यका भित्र रुटमा पहिले जस्तै संचालनमा छ,' साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले भने, 'सरकारले बस संचालन रोक्नु नभनेसम्म संचालन भइरहनेछ।'

साझा यातायातले करिब ५० वटा आफ्ना बसहरु उपत्यकामा संचालन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell