PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भारतमा रहेका नेपालीहरुलाई दूतावासले भन्यो, ‘बसोवास गरेका स्थानमा नै सुरक्षित रहनुस्’



पहिलोपोस्ट

भारतमा रहेका नेपालीहरुलाई दूतावासले भन्यो, ‘बसोवास गरेका स्थानमा नै सुरक्षित रहनुस्’

काठमाडौं : भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई बसोवास गरिरहेको स्थानमा नै सुरक्षित साथ बस्न अपिल गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत भनेको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहनु भएका नेपालीहरुलाई आ-आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न हार्दिक अपिल गर्दछौं।’

विज्ञप्तिमा कोभिड-१९ को सन्दर्भमा नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँ दिल्ली र भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारहरुले जारी गरेका विभिन्न निर्देशनको सम्मान तथा पूर्ण रुपमा पालना गर्दै आफू तथा आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell