PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विराटनगरमा भोलिबाट अनिश्चितकालीन 'लकडाउन', नाका आजैबाट सुनसान



अनन्तराज न्यौपाने

विराटनगरमा भोलिबाट अनिश्चितकालीन 'लकडाउन', नाका आजैबाट सुनसान

विराटनगर : विराटनगर महानगरपालिकामा भोलि मंगलवारदेखि अनिश्चितकालीन लकडाउन हुने भएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द गराइने जानकारी दिएका हुन्।

महानगरपालिकाले यसअघि गत शनिवारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो।

‘कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ’, प्रमुख पराजुलीले भने, ‘यसका लागि हामीले सबै व्यावसायिक सङ्घसंस्थासित बसेर छलफल गर्‍यौं र उहाँहरूकै सम्मतिमा लकडाउनको निर्णय लियौँ।’

उनले लकडाउनका खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघलगायतका २ दर्जन सङ्घसंस्थासित बैठक गरेको जानकारी दिए।

‘लकडाउन गर्न उहाँहरू नै अघि सर्नुभयो’, उनको भनाइ थियो, ‘महानगरपालिकाले औपचारिकता मात्र पूरा गरेको हो। त्यसैले लकडाउन सफल हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।’

उनले खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सुचारु राखिने बताए।

अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा चलाउन तथा चालकले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय पनि गरिएको छ। यसबाहेक विराटनगरबाट चल्ने सबै प्रकारका बसहरू पनि बन्द गरिएको छ।

लकडाउनको अटेर गर्ने व्यवसायीलाई स्थानीय प्रशासनसितको सहकार्यमा कारबाही गरिने चेतावनी पनि प्रमुख पराजुलीले दिए।

यसैबीच सङ्घीय सरकारले गरेको नाकाबन्दीका कारण विराटनगर नाका सुनसान छ। भारतबाट नेपाल आउनेहरू नाकामा रहेको हेल्थ डेस्कमा ज्वरो परीक्षणपछि आइरहेका छन्। पारी जोगबनीका सबै पसल बन्द भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell