PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनाबारे जनचेतना जगाउँदै वडा, असन क्षेत्रमा छरियो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

कोरोनाबारे जनचेतना जगाउँदै वडा, असन क्षेत्रमा छरियो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २५ ले आफ्नो क्षेत्रमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउन शुरु गरेको छ। वडा  र मछिन्द्र कल्बको संयुक्त प्रयासमा आज इन्द्रचोक, जनबहाल, असनमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किएको हो।

‘जनचेतना जगाउन हो। कोरोना भाइरसविरुद्ध लड्न जनताले सहभागिता देखाउनुपर्‍यो भनेर नै हामीले यो कार्यक्रम शुरु गरेका हौं,’ वडा अध्यक्ष निलकाजी शाक्यले भने।

यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell