PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सभामुखको एक महिनाको तलब केन्द्रीय राहत कोषमा



पहिलोपोस्ट

सभामुखको एक महिनाको तलब केन्द्रीय राहत कोषमा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्।

सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णयको स्वागत गर्दै आज कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेका हुन्।  संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुने छ। सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पुर्व तयारीस्वरुप आइतवार केन्द्रीय राहत कोष खडा गरेको थियो। 

यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको अनुमगमन समेत गरेका थिए। उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। 

कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्‍याउन अघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद सचिवालय अन्तर्गतको स्वास्थ्य इकाइका डा.पुस्पराज रिजालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell