PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

फ्रान्सबाट आएकी महिलामा कोरोना संक्रमण देखिएपछि गगनले भने: 'कन्ट्याक्ट ट्रेसिङ' प्रोटोकल बनाउ



पहिलोपोस्ट

फ्रान्सबाट आएकी महिलामा कोरोना संक्रमण देखिएपछि गगनले भने: 'कन्ट्याक्ट ट्रेसिङ' प्रोटोकल बनाउ

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले 'कन्ट्याक्ट ट्रेसिङ' अर्थात संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि प्रोटोकल बनाउन सरकारसँग माग गरेका छन्।

सोमबार स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट आएकी नेपाली महिलामा कोरोना भाइरसको संक्रमण देखिएको तथ्य सार्वजनिक गरेपछि सांसद थापाले 'कन्ट्याक्ट ट्रेसिङ'को प्रोटोकल बनाउन माग गरेका हुन्।

थापाले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई 'कन्ट्याक्ट ट्रेसिङ'को प्रोटोकल बनाएर तयारीमा बस्न आफूले यसअघि नै सुझाव दिएको स्मरण गराउँदै अब ढिला गर्न नहुनेमा जोड दिएका छन्।

उनले ट्वीटरमार्फत फ्रान्सबाट आएकी कोरोना संक्रमित महिला चढेको जहाजका सबै यात्रु, विमानस्थल र त्यसपश्चात उनसँग सम्पर्कमा आएका सबैलाई अबिलम्ब पहिचान गरेर प्रत्येकको तत्काल स्वास्थ्य परीक्षण गर्न पनि सरकारसँग माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell