PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बन्द भनिएको गौरीफंटा नाका खुल्लै, नाराबाजीपछि यसरी भित्रिँदैछन् नेपाली

बन्द भनिएको गौरीफंटा नाका खुल्लै, नाराबाजीपछि यसरी भित्रिँदैछन् नेपाली

एम बम/पहिलोपोस्ट


कैलाली : गृह मन्त्रालयले आज बिहान १० बजेबाट भारतसँग जोडिएका सबै सीमा नाकाहरू बन्द गर्न निर्देशन गरेको थियो। सोही अनुरूप १० बजेसम्म अन्योलपूर्ण तवरले सञ्चालन भएको कैलालीको धनगढीस्थित गौरीफंटा नाका अहिले पनि आउजाउका लागि खुलै छ।

भारतको जनता कर्फ्युको कहर र लामो रुटमा परेर ढिला पुगेकाहरू आज मात्रै गौरीफंटा नाका पुगेपछि उनीहरूका लागि नाकामा आउजाउ खुलै राखिएको छ।

१ बजेसम्म उक्त नाकाबाट २ हजार हाराहारीमा नेपालीहरू स्वदेश फर्किसकेको नाकामा स्वास्थ्य जाँचका लागि खटिएका स्वास्थ्य कर्मी दिनेश ठकुल्लाले बताए।

१० बजे अघिसम्म सामान्य आउजाउ भइरहेको नाकामा १० बजेपछि केही बेर आउजाउमा रोक लगाइएको थियो। तर, सीमामा पुग्ने क्रममा रहेका ३ सय बढी नेपालीहरू जम्मा भएर नाराबाजी गर्न थालेपछि उनीहरूलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको निर्देशनपछि सामान्य ज्वरो परीक्षण गर्दै नेपाल प्रवेश गराइएको छ।

अहिले सामान्य ज्वरो परीक्षण र भीडभाडमा नजानुहोला भन्ने सामान्य सल्लाहपछि उनीहरुलाई गन्तव्यतर्फ पठाउने कार्य जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell