PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

बेलायतमा एक नेपालीको मृत्यु, रिपोर्ट आउन बाँकी



पहिलोपोस्ट

बेलायतमा एक नेपालीको मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौं : बेलायतमा एक नेपालीको मृत्यु भएको छ। चितवन बसेनी घर भई २३ वर्षदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनले जानकारी दिए।

बेलायतबाट सञ्चालित नेपाली अनलाइन पत्रिका वी नेपालीका अनुसार घरमै अस्वस्थ भएका अर्याललाई शनिबार एम्बुलेन्सबाट लण्डनको उलीचस्थित क्वीन एलिजावेथ अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राती चिकित्सकले अर्याललाई मृत घोषित गरेका थिए। उनको मृत्युको कारण खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

अस्पतालले आफन्तलाई शव नजिक जान समेत नदिएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष सेनले बताए। अर्याल श्रीमती र एक सन्तानका साथ लण्डनमा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell