PahiloPost

May 14, 2025 | १ जेठ २०८२

यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिमका सांसद रावल ५ लाख धरौटीमा रिहा



एम बम

यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिमका सांसद रावल ५ लाख धरौटीमा रिहा

कैलाली : यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर रावल ५ लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसमा उनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो।

जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार उनलाई जिल्ला न्यायधीश जयानन्द पनेरुको इजलासले उक्त आदेश दिएको हो। रावल ५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन्।

अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ बर्षिया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाइ पक्राउ गरेको थियो।

रावलविरुद्ध माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले फागुन १४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell