PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोना कोषलाई राष्ट्रपतिले दुई महिनाको तलब दिने



पहिलोपोस्ट

कोरोना कोषलाई राष्ट्रपतिले दुई महिनाको तलब दिने

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो दुई महिनाको तलब दिने घोषणा गरेकी छिन्।

सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै दुई महिनाको तलब प्रदान गरिने जानकारी दिएको छ।

सरकारले आइतबार कोरोना भाइरस संक्रमण रोक्न ५० करोडको कोष स्थापना गरेको थियो। कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिएका बेला राष्ट्रपतिले दुई महिनाको तलब दिने भएकी हुन्। कोषमा सभामुख, सांसदहरु, निजी क्षेत्र, कर्मचारीले रकम जम्मा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell