PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आकाशमा फनफन घुमेपछि 'इन्धन सकियो' भन्दै फेरि ल्यान्ड भयो अर्को विमान, दुई नेपाली रहेकाले कारवाही हुने



वसन्तराज उप्रेती

आकाशमा फनफन घुमेपछि 'इन्धन सकियो' भन्दै फेरि ल्यान्ड भयो अर्को विमान, दुई नेपाली रहेकाले कारवाही हुने

काठमाडौं : इन्धन सकिन लाग्यो भन्दै आज साँझ फेरि अर्को विमान त्रिभुवन विमानस्थलमा उत्रिएको छ। नेपालले निषेध गरेको भए पनि दुई नेपाली यात्रुलाई लिएर आएको थाहा भएपछि नागरिक उड्ययन प्राधिकरणले एयर इत्तिहादको ए ३२० विमानलाई उत्रिन दिएन।

कोरोना संक्रमण भएपछि नेपालले विदेशमा रहेका नेपालीलाई पनि ल्याउन निषेध गरिसकेको छ। यसअघि सिंगापुरको सिल्क एयरबाट भित्रिएका ३ नेपालीका कारण विमानस्थलमा हंगामा भएको थियो।

अबुधावीबाट उडेको विमानमा तीन नेपाली पनि छन् भन्ने थाहा भएपछि विमानलाई फर्काउन निर्देशन दिइएको थियो। विमान नेपाली आकाशमा लगातार फन्को लगाइरह्यो। त्रिभुवन विमानस्थल भन्दा बाहिर अल्टरनेट ल्यान्ड गर्ने ठाउँ मिलेन भन्दै विमान चालकले इन्धन सकिन लागेको जानकारी गराएपछि वाध्य भएर आकाशमा फन्को लगाइरहेको विमानलाई ल्यान्ड गर्न दिइएको छ।

विमानलाई कारवाही गर्ने नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको छ तर के गर्ने यकिन भइसकेको छैन। कोरोना संक्रमणपछि नेपालले हवाई सेवालाई नियन्त्रित रुपमा मात्र संचालन गरिरहेको छ। नेपालमा रहेका विदेशीलाई लिन आएका विमानलाई अनुमति दिए पनि अन्यलाई अनुमति दिइएको छैन। एयर इत्तिहादले पनि यहाँबाट प्यासेन्जर लिनका लागि मात्र अनुमति पाएको थियो। थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell