PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भोलि बिहानबाट देशभर 'लक डाउन', घरबाट बाहिर निस्कन नपाइने



पहिलोपोस्ट

भोलि बिहानबाट देशभर 'लक डाउन', घरबाट बाहिर निस्कन नपाइने

काठमाडौं: सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको मोडालिटी अबलम्वन गरिएको हो।

लक डाउनमा खाद्य सामग्री खरिद र उपचारबाहेक घर बाहिर निस्कन पाइने छैन। सवारी सञ्चालनमा समेत पूर्ण रुपमा रोक लगाइएको छ।

अत्यावश्यक बाहेक अरु सबै कर्मचारीलाई तयारी अवस्थामा रहनेगरी विदा दिइएको छ।

बैठकले क्वारेन्टाइन मापदण्ड २०७६ स्वीकृत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell