PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लक डाउन : सरकारको आदेश उल्लंघन गर्नेलाई के सजाय हुन्छ?



पहिलोपोस्ट

लक डाउन : सरकारको आदेश उल्लंघन गर्नेलाई के सजाय हुन्छ?

काठमाडौं: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लक डाउन घोषणा गरेको छ।

फ्रान्सबाट आएकी काठमाडौंकी महिलामा कोरोना संक्रमण देखिएपछि आज साझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी एक साताका लागि १८ गतेसम्म लक डाउन गर्ने निर्णय निर्णय गरेको हो।

कोरोना संक्रमण रोक्न विश्वका विभिन्न देशले लक डाउन गरेका छन्। लक डाउन पालना गर्न विभिन्न देशले महंगो जरिवाना र जेल सजायँसम्म व्यवस्था गरेका बेला नेपाल सरकारले पनि आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही हुने जनाएको छ।

संक्रामक रोग ऐनमा के छ व्यवस्था?

संक्रामक रोग ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १ सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ।

त्यसैगरी अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था ऐनमा छ।

यस ऐनअन्तर्गत भए गरेको कसूरमा कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell