PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

हेर्नुहोस्, ग्यासको रिटेल काउन्टरमा उपभोक्ताको लाइन

हेर्नुहोस्, ग्यासको रिटेल काउन्टरमा उपभोक्ताको लाइन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : सरकारले ग्यास आपूर्ति सहज बनाउन उपत्यका विभिन्न स्थानमा रिटेल काउन्टर खोल्न उद्योगलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार काठमाडौंमा बिक्री हुने १७ उद्योगले रिटेल काउन्टरमार्फत ग्यास बिक्री गरिरहेका छन्।

यस्ता काउन्टर उपभोक्ताहरुको लाइन लागेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका (कोभिड १९)का कारण ग्यासको आपूर्ति नहोला भन्ने त्रास उपभोक्तामा छ। सोही कारण धेरैले घरमा ग्यासलगायत इन्धनको सञ्चिति गरेका छन्। जसकारणमा पनि बजारमा ग्यासको अभाव देखिन थालेको छ।

अत्यावश्यक सेवा भित्र पर्ने ग्यास नपाएर उपभोक्ता समस्यामा नपरुन भनेर रिटेल काउन्टर खोलिएको हो। सरकारको निर्देशनपछि नेपाल आयल निगम र ग्यास उद्योग संघबीच रिटेल काउन्टर खोल्ने सहमति भएको थियो।

सरकारले अत्यावश्यक सेवा वाहेक अरु बन्द गर्ने निर्णयसँगै कतिपय काठमाडौं बाहिरका नागरिक आफ्नो घर गइसकेका छन्। त्यस्तो अवस्थामा उपभोक्ताले अत्यावश्यक सेवा नपाउने अवस्था सिर्जना नहोस् भनेर यो व्यवस्था गरेको हो। उपभोक्ताको तत्काल आवश्यकता पूरा गर्नका लागि काउन्टर खोलेर ग्यास बिक्री गर्न थालिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell