PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

कोरोना भाइरस रोकथाम कोषलाई निर्माण व्यवसाय विकास परिषद्को १ करोड



पहिलोपोस्ट

कोरोना भाइरस रोकथाम कोषलाई निर्माण व्यवसाय विकास परिषद्को १ करोड

काठमाडौं : निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई एक करोड रुपैयाँ दिने भएको छ। परिषद्को बैठकले निर्माण व्यवसायी कोषबाट सहायता वापतको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने भएको हो।

नेपाल निर्माण व्यवसायी महासंघ सहित निर्माण व्यवसायसंग संवन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने निर्माण व्यवसाय विकास परिषद्ले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोषलाई आफ्नो दुई महिनाको तलब दिने घोषणा गरेकी थिइन्। सोमवार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै दुई महिनाको तलब प्रदान गरिने जानकारी दिएको थियो।

सरकारले आइतबार कोरोना भाइरस संक्रमण रोक्न ५० करोडको कोष स्थापना गरेको हो। कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका छन्। कोषमा सभामुख, सांसदहरु, निजी क्षेत्र, कर्मचारीले रकम जम्मा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell