PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

दिल्ली बसपार्क र देशभित्रै अलपत्र परेका नेपालीको उद्दार गर्न कांग्रेस नेता बडूको अनुरोध



पहिलोपोस्ट

दिल्ली बसपार्क र देशभित्रै अलपत्र परेका नेपालीको उद्दार गर्न कांग्रेस नेता बडूको अनुरोध
कैलालीको नाकाबाट आज नेपाल छिर्नेको लर्को।

काठमाडौं : नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेपाल आउने क्रममा भारतका विभिन्न सीमा नाका र बाटोमा अलपत्र परेका नेपालीलाई ल्याउनुपर्ने बताएका छन्।

सरकारले मुलुकमा लक डाउन गरेपछि उनले सोमवार राति ट्विट गर्दै उनले सुदूर पश्चिम प्रदेशका नागरिकहरु सीमा नाका र दिल्ली बसपार्कमा अलपत्र परेको जनाउँदै उनीहरुको उद्दार हुनुपर्ने जनाएका हुन्।

'आजैदेखि छिमेकी भारतसँग जोडिएका सबै नाकाहरु र सार्वजनिक सवारीहरु समेत बन्द गरिएका कारण भारतबाट आफ्नो घर नेपालमा फर्किनेहरु सबै जसो र ठूलो संख्यामा सुदूर पश्चिम प्रदेशमा दाजुभाइ दिदी बहिनी बालबच्चाहरुसहित भारतको दिल्ली बसपार्क र सीमा नाकाहरुमा भारततर्फ नै अलपत्र परेका तथा नेपाल पसेकाहरु पनि सार्वजनिक सवारीको अभावका कारओ विभिन्न स्थानमा बाटोमा नै अलपत्र परेको खबर छ,' उनले ट्विट गर्दै लेखेका छन्।

कुटनीतिक पहल गरी अलपत्र परेकाहरुलाई उद्दार गर्नुपर्ने जनाएका हुन्। 'त्यस सन्दर्भमा, भारतीय क्षेत्रमा अलपत्र परेकाहरुको सम्बन्धमा कुटनीतिक तहमा पहल गरेर भारत सरकार मार्फत् उचित व्यवस्थापन गर्न तथा नेपाल भित्र अलपत्र परेकाहरुका लागि नेपाल सरकार स्वयमले प्रदेश र स्थानीय सरकार समेतको जनशक्ति परिचालन गरी अविल्मब उद्दा एवम् स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण सहित अनुरोध गर्दछु,' उनले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell