PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

उद्योग बन्द गरी कामदार तथा कर्मचारीलाई बिदा दिन महासंघको अपिल



पहिलोपोस्ट

उद्योग बन्द गरी कामदार तथा कर्मचारीलाई बिदा दिन महासंघको अपिल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना मातहतका सबै संघ, संस्था, उद्योग प्रतिष्ठानहरूलाई उद्योग बन्द गरी कामदार तथा कर्मचारीहरूलाई बिदा दिन अपिल गरेको छ। महासंघले सोमवार विज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो।

महासंघले नेपाल सरकारले गरेको भोलि बिहान ६ वजेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेसम्म अत्यावश्यक सेवा बाहेक कोही पनि घर बाहिर निस्कन नपाउने लगायतका निर्णयलाई मनन गर्दै उक्त अवधिभर आफ्ना सबै उद्योगहरू बन्द अपिल गरेको छ।

विज्ञप्तिमा भनिएको छ,  ‘नेपाल सरकार मन्त्रिपरिषदबाट भएको भोलि विहान ६ वजेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेसम्म अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि घर बाहिर निस्कन नपाउने लगायतका निर्णय समेतलाई मनन गर्दै उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहाँ कार्यरत कामदार कर्मचारीहरूलाई बिदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना मातहतका सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरूलाई हार्दिक अपिल गर्दछ।’

महासंघले यस कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलतालाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउँदै सुरक्षित रहन सबै उद्योगी व्यवसायी, कामदार तथा कर्मचारीहरुलाई अपिल गरेको छ। साथै, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेका सबै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा महासंघले ऐक्यवद्धता प्रकट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell