PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आज बिहानैबाट मुलुकभर लक डाउन, नटेर्नेलाई छ महिनासम्मको कैद



पहिलोपोस्ट

आज बिहानैबाट मुलुकभर लक डाउन, नटेर्नेलाई छ महिनासम्मको कैद

काठमाडौं : सरकारले आज बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

लकडाउन भएपछि आज बिहान ६ बजेबाट सरकारले अनुमति दिएका अधिकारी र अन्य मानिस बाहेक अरु बाहिर निस्कन पाइँदैन। बिहानबाट नै सुरक्षाकर्मी सडकमा परिचालन हुनेछन्। गृह मन्त्रालयले सोमवार नै सम्पूर्ण सुरक्षा निकायलाई पत्रचार गर्दै सुरक्षा कडा बनाउन निर्देशन दिइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले आज बिहानबाट लागू हुने लकडाउनको सुरक्षा व्यवस्थाको निगरानी गर्ने छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लक डाउन घोषणा गरेको हो। संक्रामक रोग ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १ सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ।

त्यसैगरी अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ।

यस ऐनअन्तर्गत भए गरेको कसूरमा कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell