PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

खबरदार ! लकडाउनको समयमा यी कार्यहरु नगर्नुहोला



पहिलोपोस्ट

खबरदार ! लकडाउनको समयमा यी कार्यहरु नगर्नुहोला

काठमाडौं : सरकारले आज बिहान ६ बजेबाट देशभर लकडाउन गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा हिजो राति बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहान ६ बजेदेखि लागू हुनेगरी १८ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। सरकारले लकडाउनको समयमा घर बाहिर ननिस्किन अनुरोध गरिसकेको छ। कसैले सरकारको निर्णय विरुद्ध गएर काम गरेमा नियम उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्ने भएको छ।

सरकारले लकडाउनको समयमा के के नगर्ने भनेर सूचना जारी गरिसकेको छ।

लकडाउनमा के के नगर्ने?

१. औषधि उपचार, खाद्य वस्तु खरीद जस्ता अत्यावश्यक कामबाहेक कोही पनि घरबाट बाहिर ननिस्कने। तपाईँ बिरामी पर्नुभयो भने उपचारको लागि निस्किन पाउनु हुनेछ। तर, सडकमा खटिएका आधिकारिक व्यक्तिले अनुसन्धान गर्दा गलत सावित भए कारबाहीमा पर्नुहुने छ।

२. अनुमतिप्राप्त सवारी साधन स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लग्नेछ। अनुमति नलिइ कसैले पनि निजी सवारी जस्तै कार, मोटरसाइकल चलाउन पाउँदैनन्। त्यस्तै सार्वजनिक सवारी पनि रोक लगाइएको छ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द हुनेछ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिइएको छ। 

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिएको छ। 

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जनाएको छ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्नेछ।

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell