काठमाडौः मध्यरातसम्म मानिसहरु खाद्यान्न किन्न किराना पसलमा बसिरहेकाले हामीलाई चासो थियो बिहानको तरकारी बजारको माहोल के होला? त्यसैले निस्कियौं, मुलुककै सबैभन्दा ठूलो तरकारी थोक बिक्री हुने कालीमाटीस्थित तरकारी बजार।
यहाँको माहोल पहिले जस्तो हुन्थ्यो, आज थिएन। किन्न आउनेको फाट्ट फुट्टमात्र देखिए। जोखिम मोलेर धेरै परिमाणमा तरकारी किन्नेहरु जोखिम मोल्न चाहँदैन थिए। किनकि आजबाट लकडाउन हुँदैछ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले हिजो लकडाउनको घोषणा गरेको हो। सरकारले यस्तो घोषणा गरिरहँदा खाद्यान्न तथा तरकारीजस्ता वस्तुको निर्वाध किनबेच गर्न अवरोध गरेको छैन।
तर, नेपालीहरु पहिलोपटक लकडाउन भोग्दैछ त्यो पनि रोगका कारण। विश्वव्यापी भएको कोभिड १९ भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि सर्वासाधारणलाई बाहिर निस्किन निषेध गरिएको छ। त्यसैले पसल खुल्ने/नखुल्नेमा तरकारी व्यवसायीहरु अन्यौलमा परेका रहेछन्। त्यसैले यस्तो देखियो तरकारी बजारको दृष्यहरु :