PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट आएका अर्का व्यक्ति पनि भेटिए, स्वास्थ्यकर्मीको टोली जाँदै



पहिलोपोस्ट

कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट आएका अर्का व्यक्ति पनि भेटिए, स्वास्थ्यकर्मीको टोली जाँदै

काठमाडौं: फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका एक जना अर्का व्यक्ति पनि सम्पर्कमा आएका छन्।

बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि मेयरसहित चिकित्सकको टोली त्यसतर्फ जाँदैछ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले ती व्यक्ति सम्पर्कमा आएको र स्वास्थ्यकर्मीसहित आफूहरु अधिकारीचौर पुग्न लागेको बताए। 'ती व्यक्तिसँग सम्पर्क भएको छ। हामी पुग्दैछौं। ज्वरो आउने लगायत अन्य कुनै लक्षण देखिएको छैन। स्वास्थ्यकर्मीसँगको सल्लाहमा काठमाडौं पठाउने कि यहीँ क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय हुन्छ', मेयर नेपालीले भने।

चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी युवतीमा कोरोना संक्रमण देखिएको थियो। सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्।

उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्। विक थरका ती युवा ४ गते काठमाडौं ओर्लिएर भोलिपल्ट बागलुङ गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell