PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

रातभर गौरीफंटा नाकामा रोकिएका नेपालीहरु बिहानै प्रदर्शनमा उत्रिए



एम बम

रातभर गौरीफंटा नाकामा रोकिएका नेपालीहरु बिहानै प्रदर्शनमा उत्रिए

धनगढी : सरकारले आज विहानदेखि देशभर लक डाउन गरेपछि सीमावर्ती क्षेत्रका सीमा पारी नेपालीहरु रोकिएका छन्।

धनगढीस्थित गौरीफंटा नाकामा रोकिएका नेपालीहरुले सीमा क्षेत्रमा प्रदर्शन गरेका छन्।

जिल्ला प्रशासन कार्यालय धनगढीले सोमवार २ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। यद्यपि दुई बजेदेखि तीन बजेसम्म करिब तीन हजार नेपाली भित्रिएको सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लालाई उदृत गर्दै हाम्रा सहकर्मी महेन्द्र बमले जानकारी दिए।

हिजो तीन बजेपछि नाकामा रोकिएका करिब पाँच सय नेपालीहरु सीमा पारी रोकिए। उनीहरु नाकामै रातभर बालबच्चासहित रोकिएका थिए।

आज विहान उनीहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको हो। उनीहरुलाई प्रहरीले नेपाल प्रवेश गर्न दिएको छैन।

त्यसपछि नाका बन्द भयो। झण्डै पाँच सय नेपाली रोकिएका छन्। उनीहरु नाकामै सुतिरहेका छन्। बालबच्चसहित सुतेकाहरु नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीबाट रोकिएका छन्।

पारी रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले निर्णय लिन सकेको छैन। नेपालतर्फ क्वारेन्टाइन नभएको र नेपाल प्रवेश गर्न दिँदा संक्रमण फैलिन सक्ने सम्भावना भएको भन्दै प्रशासन कार्यालय निर्णयमा पुग्न सकेको छैन।

कैलालीका प्रजिअ यज्ञराज बोहोराले यस विषयमा गृह मन्त्रालयलाई जानकारी गराएको र गृहको आदेश पर्खिरहेको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell