PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सरकारलाई गगनको प्रश्न: लकडाउनमा नागरिकले के गर्न पाउँछन्,के पाउँदैनन्?



पहिलोपोस्ट

सरकारलाई गगनको प्रश्न: लकडाउनमा नागरिकले के गर्न पाउँछन्,के पाउँदैनन्?

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले लकडाउनबारे नागरिकलाई प्रष्टरुपमा जानकारी गराउन सरकारसँग माग गरेका छन्।

थापाले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई लकडाउनमा के गर्न पाउने, के नपाउने भन्ने अलमल देखिएको भन्दै तत्काल प्रष्ट पार्न आग्रह गरेका छन्।

नागरिक लकडाउनमा पनि घरबाहिर निस्किरहेको, मर्निङ वाकमा हिँडिरहेका बेला थापाले ट्वीटरमार्फत लकडाउनबाट संक्रमणको फैलावट रोक्न कसरी मद्दत पुग्छ भन्ने कुरा पनि बताउन संयोजक पोखरेललाई सुझाव दिएका छन्।

यी सबै कुराको जानकारी गराए नागरिक सुसूचित हुने र नागरिकको सहयोगबाटै लकडाउन प्रभावकारी हुने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell