PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गौरीफंटा नाकामा खुल्ला आकाशमा रातभर भोकै, प्रशासनले बाँड्यो चाउचाउ र पानी

गौरीफंटा नाकामा खुल्ला आकाशमा रातभर भोकै, प्रशासनले बाँड्यो चाउचाउ र पानी

एम बम/पहिलोपोस्ट


धनगढी: देश लकडाउन हुँदा कैलालीको गौरीफंटा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई जिल्ला प्रशासन कार्यालयले खाजा खाद्यान्न वितरण गरेको छ।

भारतबाट आएर सीमा पारी रोकिएका नेपालीलाई बजार ब्यवस्थापन समितिको आर्थिक सहयोग प्रशासनले चाउचाउ र पानी वितरण गरेको हो। गौरीफंटा नाकामा भारतबाट आएका नेपालीहरु रातभर भोकै खुल्ला आकाशमा सुतेका थिए। उनीहरुलाई चाउचाउ र पानी वितरण गरिएको हो।

यसअघि सुरक्षाकर्मीले प्रवेश नदिएपछि गौरीफंटा नाकामा रोकिएका करिब पाँच सय जना नेपालीले प्रदर्शन गरेका थिए। उनीहरु नाकामै रातभर बालबच्चासहित रोकिएका थिए। आज विहान उनीहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको हो। उनीहरुलाई प्रहरीले नेपाल प्रवेश गर्न दिएको छैन।

पारी रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले निर्णय लिन सकेको छैन। नेपालतर्फ क्वारेन्टाइन नभएको र नेपाल प्रवेश गर्न दिँदा संक्रमण फैलिन सक्ने सम्भावना भएको भन्दै प्रशासन कार्यालय निर्णयमा पुग्न सकेको छैन।

कैलालीका प्रजिअ यज्ञराज बोहोराले यस विषयमा गृह मन्त्रालयलाई जानकारी गराएको र गृहको आदेश पर्खिरहेको जानकारी दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell