PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अटेरी गर्दै कुदिरहेका हामी: प्रहरीलाई सम्झाउनै हम्मे-हम्मे, 'सर कसका लागि हो र लक डाउन?'

अटेरी गर्दै कुदिरहेका हामी: प्रहरीलाई सम्झाउनै हम्मे-हम्मे, 'सर कसका लागि हो र लक डाउन?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै आज बिहानबाट देशभर 'लकडाउन' घोषणा गरेको छ। एक हप्तासम्म लागू हुने लकडाउनका समयमा अत्यावश्यक र अधिकार प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ। नागरिकहरुलाई समेत घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ। 

यद्यपि, 'लकडाउन' को समयमा केही मानिसहरु निजि सवारी साधन सहित सडकमा निस्किए। बजार घुम्न हिँडे। 

राजधानीको अधिकांश स्थानमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन्। लकडाउनको प्रतिबन्ध तोड्दै  सवारी चलाउनेहरुलाई  प्रहरीले रोकिरहेका छन्। सोमबार साँझमात्रै सरकारले 'लकडाउन' घोषणा गरेकाले धेरैजना अन्यौलमा देखिए। भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको प्रयास बारे उनीहरुलाई बुझाउन प्रहरीलाई हम्मे-हम्मे परेको देखियो।

सवारी चालकहरु भने भन्दै थिए, 'सर कसका लागि हो र लक डाउन?'। 

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीय युवतीमा भाइरसको संक्रमण देखिएसँगै सरकारले लकडाउनको घोषणा गरेको हो।

यो भाइरसको संक्रमण मानिसबाट मानिसबीच फैलिने हुँदा पनि हाललाई सामाजिक र शारीरिक दुरी कामयम गर्नु नै हो। त्यसैले सरकारले सबैलाई आफ्नो घरभित्रै बस्न आग्रह गरेको हो। यदि सरकारको आग्रहलाई अटेरी गर्दै सबै यसरी नै खुल्ला हिँडिरहने हो त्यसले असर नेपाली समाजमा नै गर्ने हो। एकजनामा भाइरसको संक्रमण पुष्टि भएपछि उ सँग सम्पर्कमा आएका व्यक्तिमा भाइरसको संक्रमण भएको हुन सक्छ। ती व्यक्तिबाट पनि अरुमा भाइरस फैलिन सक्छ।

अटेर गरेर घर बाहिर निस्कने हो भने नेपालको अवस्था हाल युरोप र अमेरिकामा जस्ता हुन सक्छ। भाइरसलाई हल्का रुपमा लिएका यी राष्ट्रहरु हप्तौै देखि 'लकडाउन' मा छन्। हजारौंको मृत्यु हुँदा संक्रमितको संख्या पनि बढ्दै गएको छ। त्यसैले नेपालमा हाललाई एकजनामा मात्रै भाइरसको संक्रमण देखिएकाले भाइरस फैलिन नदिन सबैजनाले घरमै 'सेल्फ क्वारेन्टाइन' मा बसेर सहयोग गर्नुपर्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell