PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

ठप्प ठमेल…

ठप्प ठमेल…

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं: सधैंजसो व्यस्त रहने ठमेल बजार आज शान्त छ। सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेसँगै सोमबार साँझदेखि नै ठमेल ठप्प भएको थियो। बिहानैदेखि पर्यटकको चहलपहल हुने ठमेल बजार सुनसान बनेको हो।

हुन त चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिँदै गएसँगै ठमेलमा पर्यटकको आवगमन घट्दै गएको थियो। पर्यटकहरुको लागि मुख्य बजार बनेको ठमेलमा चिनियाँ पर्यटकहरु आउन छाडेसँगै पछिल्ला दिनमा खुलेका चिनियाँ पसलहरु समेत बन्द भए। चिनियाँ रेष्टुराँहरु त बन्दै भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell