PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

कोरोना संक्रमित किशोरीको अर्को रिपोर्ट आउन एक हप्ता लाग्ने, 'थप इन्फेक्सन नभए डिस्चार्ज गर्छौ': डा. राजभण्डारी



प्रकाश भण्डारी

कोरोना संक्रमित किशोरीको अर्को रिपोर्ट आउन एक हप्ता लाग्ने, 'थप इन्फेक्सन नभए डिस्चार्ज गर्छौ': डा. राजभण्डारी

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोराना संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएकाले सामान्य ढंगले उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। 'एक्सरेसहित सबै खालका परीक्षण गर्दा सबै ठिक छ। त्यसैले उहाँको स्वास्थ्य अवस्था सामान्य छ', उनले भने।

डा बास्तोलाका अनुसार संक्रमण पुष्टि भएकाले अब उनको सम्पूर्ण उपचार सोही अस्पतालमा हुनेछ। किशोरीलाई अहिले आइसोलेशनमा राखेर उपचार भइरहेको छ। भाइरस अरुलाई नसरोस भनेर उनलाई आइसोलेशनमा राखिएको हो।

आइसोलेशनको सुरुको अवधि एक हप्ताको हुने र त्यसपछि फेरि अर्को रिपोर्ट आउने अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले बताए।

'उनको रिपोर्ट जहिलेसम्म नेगेटिभ आउँदैन तबसम्म आइसोलेशनमा राख्ने हो। हामीले एक हप्तामा फेरि टेस्ट गर भन्छौं। मेडिकल टिमले कहिले टेस्ट गर्छ त्यो उनीहरुको कुरा भयो', राजभण्डारीले भने।

संक्रमित किशोरीमा कोरोना भाइरसको जुन दिन इन्फेक्सन छैन भन्ने देखियो त्यो दिन उनलाई डिस्चार्ज गरिने डा राजभण्डारीको भनाई छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीको कोरोना परीक्षणमा भाइरस पोजेटिभ देखिएपछि सरकारले सोमबार सार्वजनिक गरेको थियो।

ती किशोरी संक्रमित भएको सार्वजनिक भएलगत्तै सरकारले कोरोना फैलिन नदिन सरकारले आजदेखि लागु हुनेगरी एक हप्तासम्म पुरै देश लकडाउन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell