
काठमाडौं: चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसविरुद्ध नेपालको लडाईंमा चीनले सहयोग गर्ने बताएकी छिन्।
फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण देखिएसँगै सरकारले लकडाउनको घोषणा गरेका बेला राजदूत यान्छीले चीन नेपालको साथमा रहेको बताइन्।
उनले नेपाललाई सहयोग गर्न चिकित्सा सागम्रीहरु तयारी अवस्थामा रहेको र आवश्यक परेका बेला पठाइने पनि ट्वीटरमार्फत जानकारी दिएकी छिन्।
कोरोना भाइरसविरुद्ध लडाईंमा नेपालले सफलता हासिल गर्ने उनको विश्वास छ।
आफ्ना नागरिकलाई सुरक्षित रहन अनुरोध
त्यसैगरी काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ विद्यार्थी तथा आफ्ना नागरिकहरुलाई स्वास्थ्य सुरक्षामा ध्यान दिँदै सुरक्षित रहन अनुरोध गरेको छ। चिनियाँ दूतावासले सूचना जारी गर्दै आफ्ना नागरिकसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरुको सुरक्षामा ध्यान दिइरहेको बताएको छ।
चिनियाँ राजदूत होउ यान्छीले नेपालमा रहेका चिनियाँ विद्यार्थी तथा स्वंमसेवी शिक्षकहरुलाई पत्र लेख्दै सुरक्षित रहन अनुरोध गरेकी हुन्। साथै दूतावासले आफ्ना नागरिकलाई महामारीबाट बच्नका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको छ।
राजदूत होउले लेखेको पत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी र चीन सरकारले आफ्ना सबै नागरिकको सुरक्षामा ध्यान दिइरहेको बताएका हुन्। साथै राजदूत होउले बाहिर भ्रमणमा नजान भनेको छ। साथै पत्रमा चिनियाँ नागरिकहरुको रक्षाका लागि उनीहरुको जन्मभूमि सधैं तत्पर रहेको उल्लेख छ।
नेपालमा रहेका ४७ युवा स्वयम्सेवीले दूतावासलाई पत्र लेख्दै धन्यवाद दिएका छन्। नेपालमा कन्फ्युसियस इन्स्टिच्युटमार्फत चिनियाँ स्वयंसेवी शिक्षकहरुले भाषा प्रशिक्षण दिँदै आएका छन्।
We are praying for Nepal and trying our best to coordinate some medical materials to help our Nepali friends. You will never be alone!🇨🇳🇳🇵
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 23, 2020
हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ ! pic.twitter.com/cKwTVNBgrt