PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

धर्मका नाममा कोरोना नलाग्ने अफवाह फैलाउने पास्टर पक्राउ



पहिलोपोस्ट

धर्मका नाममा कोरोना नलाग्ने अफवाह फैलाउने पास्टर पक्राउ

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले धर्मका नाममा कोरोना भाइरसबारे अफवाह फैलाउने एक पास्टरलाई नियन्त्रणमा लिएको छ।

प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई पोखरा २९ पावर हाउसबाट नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आचार्यविरुद्ध धर्मका नाममा अफवाह फैलाएको कसुरमा मुद्दा चलाइने छ।

आचार्यले यशुका अनुयायीलाई कोरोना भाइरस नलाग्ने भन्दै प्रवचन दिएका थिए। उक्त भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ। भिडियोमा उनले कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन, प्रभु यशुको कृपा चीनमा छ जस्ता कुरा भनेका छन्।

काठमाडौंमा यसअघि प्रहरीले अडियोमार्फत कोरोनाबारे अफवाह फैलाउने एक युवकलाई नियन्त्रणमा लिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell