PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

साझामा मास्क किन्नेहरु लाइनमा डेढ मिटर अन्तरमा, ग्याप मिलाउन पनि प्रहरी नै परिचालित

साझामा मास्क किन्नेहरु लाइनमा डेढ मिटर अन्तरमा, ग्याप मिलाउन पनि प्रहरी नै परिचालित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : साझाको औषधि बिक्री कक्षमा आज पनि मानिसहरुको लाइन देखियो - मास्क किन्न।

कालोबजारी गर्न लागेको मास्क प्रहरीले जफत गरेपछि सरकारी अस्पताल र साझा मार्फत् बिक्री गर्न शुरु गरिएको थियो। तर, शुरुको दिनदेखि नै मास्क लिन जानेहरु जोखिम मोलेर भिडभाडमा छिरिरहेका थिए। प्रहरी नै परिचालन भएर मास्क लिनेलाई लामवद्ध बनाउन परेको थियो।

यही साझाको बिक्री कक्षमा आज देखिएको दृष्य भने केही फरक थियो। मास्क किन्नका लागि मानिसहरु लाइनमा त थिए। तर, उनीहरुबीच डेढ मिटरको दुरी थियो। लाइनमा रहेका अघिल्लो र पछिल्लो व्यक्तिको बीचमा डेढ मिटरजतिको दुरी कायम भएको थियो। तर, मानिसहरु आफ्नै सचेत भएर लाममा सजग भएका भने थिएनन्। तिनलाई दुरी कायम राख्न प्रहरी ने खटाउन परेको थियो। लक डाउन भएकाले मानिसको चाप कम हुँदाहुँदै पनि महाराजगञ्जस्थित साझाको औषधि बिक्री कक्षमा यस्तो देखियो -



ट्रेन्डिङ पोस्ट

Ncell