
काठमाडौ : नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा गर्दै आएको घोडेजात्रा स्थगित भएको छ। विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) को संक्रमणलाई ध्यान दिदै यस वर्षको समारोह स्थगित गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
काठमाडौँको टुँडिखेलमा प्रत्येक वर्ष चैतकृष्ण औँशीका दिन परम्परागत घोडेजात्रा पर्व मनाउने गरिन्छ।
सरकारको निर्णय अनुसार आजदेखि सात दिनको लागि देशभर लकडाउनमा छ। त्यस्तै सरकारले कुनै पनि सभा समारोह गर्न समेत निषेध गरेको छ।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेबी भण्डारीले पठाएको शुभकामना सन्देश लगायत घोडेजात्राको प्रारम्भिक अभ्यासको दौरान छायाँकन गरिएको गतिविधि समेटी तयार गरिएको कार्यक्रम भने नेपा नेपाल टेलिभिजनबाट प्रसारण गरिने भएको हो।