PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लकडाउन गर्दा केही अप्ठेरो भयो? महानगरपालिकालाई सिधै गर्नुस सम्पर्क



पहिलोपोस्ट

लकडाउन गर्दा केही अप्ठेरो भयो? महानगरपालिकालाई सिधै गर्नुस सम्पर्क

काठमाडौं: काठमाडौं महानगरले सरकारले लक डाउन गरेका बेला कुनै अप्ठ्यारो परे महानगरभित्रका जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको छ।

जनप्रतिनिधि तथा कर्मचारीलाई महानगरका जनतालाई अप्ठेर परे सहयोग गर्न तयार रहन निर्देशन दिएको छ।

कोरोना भाइरसको आशंका लागेका बिरामीलाई अस्पताल लैजान परे एम्बुलेन्सका लागि १०२ मा फोन गर्न महानगरले अपील गरेको छ।

महानगरद्वारा जारी अपीलमा अप्ठेरो परे महानगर प्रमुख विद्यासुन्दर शाक्य र उप प्रमुख हरिप्रभा खडगीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

यस्तै, व्यवसायीलाई पनि अत्यावश्यक वस्तु निर्वाध उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell