PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सेल्फ क्वारेन्टाइनमा फिटनेस किङ टाइगर सर्फ, भन्छन् : ‘धेरै खाएर मोटाइ सकें’



पहिलोपोस्ट

सेल्फ क्वारेन्टाइनमा फिटनेस किङ टाइगर सर्फ, भन्छन् : ‘धेरै खाएर मोटाइ सकें’

शारीरिक सुगठन र उत्कृष्ट नृत्यका लागि चर्चित छन् बलिउड अभिनेता टाइगर सर्फ। टाइगरका हरेक फिल्ममा उनले शरीर बनाउन गरेको मिहेनतको चर्चा हुने गरेको छ। 

यतिबेला कोरोना भाइरस संक्रमणको प्रभाव बलिउडमा परेको छ नै। साथै शारीरिक सुगठनका लागि मिहेनत गर्ने टाइगर लगायतको दैनिकी र शरीरमा पनि परेको छ। बुबा ज्याक्की, आमा आयशा र बहिनी कृष्णासँग घरमै छन् उनी। त्यसरी घरमै बस्दा उनले जिमखाना खुब सम्झिएका छन्। भन्छन्,’घरमा धेरै खाएर मोटाइ सकें। घरमा जिम गर्ने साधनहरु छैनन्। ट्रेडमिल मात्र छ।‘

परिवारसँग घरभित्रै समय बिताइ रहेका टाइगरले बलिउड हंगामासँगको अन्तर्वातामा भनेका छन्,’यो मेरा लागि घरमै समय बिताउने राम्रो मौका बनेको छ। तर यो मौका सुखद् भने होइन।‘

सामान्य अवस्थामा उनी फिट रहनका लागि जिम साथै मार्सल आर्ट, पार्कर, वेट ट्रेनिङ आदि गर्छन्। तर कोरोना भाइरसविरुद्ध सावधानी अपनाउँदै केही समयका लागि ती गतिविधि स्थगित गरेका हुन्।

उनले आफ्ना शुभचिन्तक एवं दर्शकलाई समेत हाललाई सम्पूर्ण काम स्थगित गरेर घरमै खाएर, सुतेर समय बिताउन सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell