PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राजमार्गमा प्रहरीले ट्रक रोक्दा चालकहरू अलपत्र, होटल र रेस्टुरेन्ट खुला नहुँदा भोकै



अनन्तराज न्यौपाने

राजमार्गमा प्रहरीले ट्रक रोक्दा चालकहरू अलपत्र, होटल र रेस्टुरेन्ट खुला नहुँदा भोकै
प्रतीकात्मक तस्विर।

विराटनगर : गत सोमवार आपूर्ति मन्त्रालयमा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा बसेको बैठकमा ढुवानीका सवारी साधनलाई अत्यावश्यक उपभोग्य सामग्रीका रूपमा लिएर निर्बाध रूपमा सञ्चालन गर्ने भन्ने निर्णय गरिएको थियो। तर, निर्णय गरेको २४ घण्टा बित्न नपाउँदै लोड र खालि गरेर फर्किएका ट्रकलाई प्रहरीले राजमार्गमा रोकेको छ।

यसका कारण धादिङको नौबिसे, चितवनको नारायणगढ, लोथर, सिरहाको लहान, कोशी ब्यारेज, कपिलबस्तु लगायत स्थानमा ट्रकहरू अलपत्र परेका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले देशका विभिन्न भागमा चालक र सहचालकसहित ट्रकहरू अलपत्र परेको जानकारी दिए।

महासचिव बानियाँले भने, ‘मन्त्री भट्टसितको बैठकमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, आपूर्ति सचिव बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालसमेतको उपस्थिति थियो। तर, हाल आएर गृह मन्त्रालयले समन्वयको अभावमा हो वा अन्य सुरक्षाका कारणले देशका विभिन्न स्थानहरूमा अमानवीय ढंङले ट्रकहरू रोकेको अवस्था छ।’

देश लकडाउनमा गएका कारणले मुख्य सडकमा रहेका सम्पूर्ण होटल रेष्टुराँ समेत बन्द भएका हुँदा ढुवानीका सवारी साधनका चालक मजदुरहरू भोक भोकै बस्नु पर्ने अवस्था सृजना भएको महासचिव बाँनियाले बताए।

नेपाल सरकार कोरोना रोकथाम तथा नियन्त्रणा उच्चस्तरीय समन्वय समितिले आज बिहान ६ वजेदेखि लागु हुनेगरी १८ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको छ।

बानियाँले राजमार्गमा अलपत्र परेको ट्रक र चालकलाई सुरक्षित तवरले आआफ्नो घर फर्कने वातावरण सृजना गर्न माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell