PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आन्तरिक उडान ठप्प हुँदा हुम्लामा खाद्यान्नको समस्या, सुर्खेत हुँदै भारतबाट आउँदैछन् नेपाली



फूलमाया पुरी

आन्तरिक उडान ठप्प हुँदा हुम्लामा खाद्यान्नको समस्या, सुर्खेत हुँदै भारतबाट आउँदैछन् नेपाली

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै आजबाट देशभर लकडाउन गरेको छ। लकडाउनको अवधिभर आन्तरिक उडानहरु समेत बन्द गरिएका छन्।

यता, आन्तरिक उडान बन्द भएसँगै हुम्लामा खाद्यान्नको अभाव भएको छ।

हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराले भनिन्, ‘खाद्यान्नको पर्याप्त स्टक छैन, त्यसैले देशभरी लकडाउन भएपछि यहाँ मुख्य चुनौतिका खाद्यान्नको समस्या भएको छ।’

आन्तरिक उडान बन्द भएपनि अत्यावश्यक सामाग्रीसहित खाद्यान्न ल्याउनका लागि मन्त्रालयसँग पहल गरिरहेको भट्टराईले बताएकी छिन्। सोमवार काठमाडौंमा एक जनालाई कोरोना भाइरस पोजेटिभ देखिएपछि थप जोखिमबाट बच्न सरकारले यस्तो निर्णय गरेको हो। सरकारले चैत १० गतेदेखि लामो दुरीका यातायातका सवारीसाधन चलाउन नपाउने घोषणा गरेको छ।

त्यस्तै चीनसँग जोडिएको हुम्लाको उत्तरी नाका केही समयअघि देखि नै बन्द रहेको उनले बताइन्। यद्यपि, भारतबाट आउने मानिसका कारण भाइरस संक्रमणको त्रास भएको उनले बताइन्।

‘अन्य नाकाबाट खतरा नभएपनि भारत गएकाहरु सुर्खेतको बाटो हुँदै आउने गरेकाले जोखिम बढेको छ,’ सिडिओ भट्टराइले सुनाइन्।

प्रजिअ भट्टराईका अनुसार कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै हुम्लाको सीमकोटमा ५० वार्डको क्वारेन्टाइनको व्यवस्था छ। त्यस्तै जिल्लाभरी चारवटा हेल्थ डेस्कको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell