PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोरोनाको जोखिम न्यूनीकरण गर्न सुदूरपश्चिम सरकारले छुट्यायो साढे ११ करोड



एम बम

कोरोनाको जोखिम न्यूनीकरण गर्न सुदूरपश्चिम सरकारले छुट्यायो साढे ११ करोड

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि ११ करोड ५० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले उक्त रकम सामाजिक विकास मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदीले बताए।

सो बजेट कोरोना भाइरसको जोखिम न्यूनीकरण, उपचार र दुई वटा प्रादेशिक अस्पताल सेती र महाकालीमा आइसोलेसन बेड निर्माणका लागि प्रयोग गरिने बताइएको छ। स्थानीय तहहरूमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत उप–महानगरपालिकालाई ५, नगरपालिकालाई ४ र गाउँपालिकालाई ३ लाख रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ।

सीमामा रोकिएका नेपालीहरूलाई लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारहरूलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिएको छ। सो क्रममा जनकपुरसम्मका गरी १९ जिल्लाका मानिसहरू नाकामा रहेको मन्त्री सुवेदीले जानकारी दिए।  

त्यस्तै, अति आवश्यक सेवामा अवरोध पु¥याउने गरी सरकारी ओहदामा बसेको कुनै व्यक्ति वा पदाधिकारीले काम नगरी जिम्मेवारीबाट पन्छिन खोजेमा कारबाही गरिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ। कोरोनाको विपद्लाई मध्यनजर गरी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने पनि निर्णय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell