PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

उच्चस्तरीय समन्वय समितिको निर्णय : कुनैपनि संघसंस्थाले कोरोना सम्बन्धी कोष खडा गर्न नपाउने



पहिलोपोस्ट

उच्चस्तरीय समन्वय समितिको निर्णय : कुनैपनि संघसंस्थाले कोरोना सम्बन्धी कोष खडा गर्न नपाउने

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने बताएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले कुनैपनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने निर्णय गरेको हो।

बैठकपछि अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा आफू मातहतका व्यक्तिहरुबाट मात्रै रकम जम्मा गर्न पाउने र उक्त रकम प्रत्येक हप्ता सरकारले स्थापना गरेको कोषमा बुझाउनुपर्ने निर्णय भएको बताए। बैठकले स्वास्थ्य सामग्री तथा किटहरु ल्याउनको लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय भएको समेत गरेको छ। सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताए। त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत उले बताए।

त्यस्तै, कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, वीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याबहरु स्थापना नहुँदासम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परिक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले सरकारले जारी गरेको लकडाउनका लागि नागरिक स्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको खतिवडाले बताए।

यस्ता छन् समितिका निर्णयहरु :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell