PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

यात्रु अलपत्र परेपछि कर्णाली सरकारले सुरु गर्‍यो निशुल्क हटलाइन सेवा



पी बी खड्का

यात्रु अलपत्र परेपछि कर्णाली सरकारले सुरु गर्‍यो निशुल्क हटलाइन सेवा

सुर्खेत : सरकारले लकडाउन गरेपछि बाटोमा अलपत्र यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाइन सेवा शुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि देशलाई लकडाउन गरेपछि कर्णाली भित्रिने नागरिक बाटोमै अलपत्र परेको गुनासो पछि सरकारले यस्तो व्यवस्था गरेको हो।

मंगलवार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा शुरु गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

मन्त्री रावलका अनुसार लकडाउनले बीचबाटोमै अलपत्र परेका कर्णाली प्रदेशभित्रका नागरिकहरुले सरकारलाई जानकारी दिने र प्राप्त सूचनाका आधारमा सरकारले यातायातको व्यवस्था गरी प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकी नागरिकलाई गन्तव्यसम्म पुर्‍याइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell