PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

प्रदेश १ सरकारले कोरोना रोकथामका लागि स्थापना गर्‍यो १० करोडको कोष



पहिलोपोस्ट

प्रदेश १ सरकारले कोरोना रोकथामका लागि स्थापना गर्‍यो १० करोडको कोष

विराटनगर : प्रदेश नम्बर १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न १० करोडको कोष खडा गरेको छ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’ खडा गरी उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको हो।

मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फर्मेसन डेस्क स्थापना गर्ने निर्णय गरेको छ। साथै सबै मन्त्रालयमा अधिकृतस्तरका एक कर्मचारीलाई कोरोना फोकल पर्सन तोकी प्रत्येक दिन इन्फर्मेसन डेस्कमा कोरोना सम्बन्धी सूचनाहरु उपलब्ध गराइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell